Sagun Khabar
सुदूरपश्चिममा भूकम्पमा परेर एक जनाको मृत्यु, २७ घाइते
स्वास्थ्य सन्देश
Atrya hospital

हिजो बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २७ पुगेको छ । टिमुर टिप्न  गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखलगाउँकी ४० वर्षीया गुनमति धामीको शव आज (बुधबार) फेला परेको हो ।

पहिरोमा च्यापिएको अवस्थामा फेला परेको शव निकाल्न जिल्ला प्रहरी कार्यालय बझाङबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले घाइतेको संख्या २७ पुगेको जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै बझाङमा १८ जना, अछाममा ५, बाजुरामा २ र बैतडीमा २ जना घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ । यस्तै भूकम्पले बझाङ, बाजुरा, अछाम र बैतडीमा ७६ वटा निजी घर पूर्ण रूपमा भत्काएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । यस्तै ३०१ घरमा आशिंक क्षति पुगेको बताइएको छ । शिलापत्र 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update