Sagun Khabar
सुदूरका तीन पहाडी जिल्लामा धनगढीबाट नियमित उडान सुरु 

कैलाली –कैलालीको धनगढी विमानस्थलबाट सुदूर पहाडका तीन जिल्लामा नियमित उडान सुरु गरिएको छ । पाँच महिनादेखि बन्द पहाडी जिल्लाको उडान सेवा पुनः सुचारु भएको हो । 

बझाङ,बाजुरा र अछाममा हवाई उडान शुरु भएको समिट एयरले जनाएको छ । यी जिल्लाहरुमा पाँच महिनादेखि बन्द रहेको उडान सेवा बिहीबारदेखि शुरु भएको समिट एयरका सुदूरपश्चिम प्रमुख किशोर खड्काले बताए । पहाडी तीन जिल्लामा हप्ताको दुई दिन नियमित उडान हुने उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रत्येक हप्ताको सोमबार र बिहीबार बझाङ, बाजुरा र अछाम जिल्लामा उडान गरिने खड्काले बताए । समिट एयरले धनगढी–बझाङको भाडादर ७ हजार रुपैयाँ कायम गरेको छ भने बाजुराको भाडादर ७ हजार ५ सय कायम गरिएको छ । यस्तै अछामको भाडादर ५ हजार कायम गरिएको समिट एयरले जनाएको छ  । 

समिट एयरले धनगढीदेखि बझाङ २२ मिनेट, धनगढीदेखि अछाम १७ मिनेट र धनगढीदेखि बाजुरा २८ मिनेटको उडान अवधि रहने जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update