Sagun Khabar
सुदूरपश्चिमलाई आधुनिक र विकसित बनाउन चाहेको छु : ओली 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –नेकपा एमालेका अध्यक्ष केपी ओली सुदूरपश्चिमलाई आधुनिक, विकसित र समृद्ध प्रदेश बनाउन चाहेका बताएका छन् । एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन उद्दघाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले सुदूरपश्चिम अझै पनि विकासका दृष्टिकोणले पछाडि रहेको भन्दै आफूले यो प्रदेशलाई समृद्ध बनाउन चाहेको बताए । 

उनले अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) जनताप्रति उत्तरदायी नभएका समेत आरोप लगाएका छन् । देश र जनतालाई आसा जगाउने बेला प्रधानमन्त्री भ्रमणमा केन्द्रित भएको अध्यक्ष ओलीको आरोप छ । 

पार्टीको प्रदेश अधिवेशनमार्फत आउने नयाँ नेतृत्वबाट सुदूरपश्चिम प्रदेशमा रहेका समस्याहरू हल गर्न सक्नु पर्ने ओलीको भनाइ छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update