Sagun Khabar
महाकालीमा हाम फालेकी महिलाको उद्धार 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –महाकालीमा हाम फालेकी महिलाको उद्धार गरिएको छ ।  महाकाली पुलबाट आइतबार हाम फालेकी नेपाली महिलाको भारतीय क्षेत्रतर्फको चौकीका जल कन्सटेबल प्रताप गढियाले ती महिलाको उद्धार गरेका हुन् ।

कञ्चनपुरको दोधारा चाँदनी वडा नम्बर ६ निवासी सरस्वती नाम बताउने ती महिलाले घरेलु समस्याका कारण आत्महत्याको प्रयास गरेको भारतीय प्रहरीले जनाएको छ ।

ती महिलाको अवस्था सामान्य रहेको र उनलाई परिवारका सदस्यको जिम्मा लगाइएको कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापा क्षेत्रीले बताए।

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update