Sagun Khabar
एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान

कैलाली –नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन तालिकाअनुसार आज बिहान उम्मेदवारी दर्ता, प्रारम्भिक नामावली प्रकाशन र उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ ।

उम्मेदवारी फिर्ता गर्न साढे १२ बजेदेखि २ बजेसम्मको समय तय गरिएको छ । दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । बेलुकी ५ बजेदेखि मतदान शुरु गर्ने तयारी छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि तीन जना कृष्णप्रसाद जैसी, वचनबहादुर सिंह र कमल तिमिल्सिनाको चर्चा छ ।

एमालेले यसअघि मतदानबाट लुम्बिनी, बाग्मती, कर्णाली, कोशी, र गण्डकी प्रदेशमा नेतृत्वको टुङ्गो लगाएको छ भने उपत्यका विशेष प्रदेश कमिटीको पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update