Sagun Khabar
बैतडीमा आगलागी   नियन्त्रणका लागि पूर्वाभ्यास 
Atrya hospital

बैतडी- बैतडीमा आगलागी  नियन्त्रणका लागि पूर्वाभ्यास गएिको छ । जिल्ला प्रशासन कार्ययलको आयोजना,नेपाल रेडक्रससोसाइटी शाखा बैतडी, हनुमानध्वज गुल्म बैतडी  र सशस्त्र प्रहरीबल नेपाल नं ५१ गुल्म हेडक्वाटर बैतडीको सहयोगमा   दरशथचन्द नगरपालिका ४ गोठलापानी  बजारमा शुक्रबार बिहान आगलागी नियन्त्रणका लागि पूर्वाभ्यास  गरिएको हो ।

आगलागीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वाभ्यास गरिएको  नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री  रमेश सिंह भण्डारीले  बताए । जिल्ला स्थित कार्यालयका कर्मचारी,  सुरक्षाकर्मी  लगायत स्थानीयहरुको  सहभागितामा बजारमा खाना पकाउने ग्यास चुहावटबाट हुने आगलागी नियन्त्रण सम्बन्धी पूर्वाभ्यासको प्रदर्शनी गरिएको  उनले बताए ।

शस्त्र प्रहरी र नेपाल आर्मीले आगलागी नियन्त्रण सम्बन्धी पूर्वाभ्यासको प्रदर्शनी गरेका उनले  बताए । ग्यास चुहावटबाट हुने आगलागीबाट कसरि बच्ने भन्ने बारे सहभागिलाई  सिकाइएको  नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री भण्डारीले  बताए ।  

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update