
बैतडी- बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको पाटन नगरपालिका–६ हिरापूर मोडमा आइतबार विहान जिप दुर्घटना भएको हो। धनगढीबाट दार्चुलाको मकरीगाड जाँदै गरेको म १ ज ३६० नम्बरको जिप दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
जिप दुर्घटना हुँदा सवार ४ जना घाइते भएका छन् । दार्चुलाको अपिहिमाल गाउँपालिका दार्चुलाका पुर्व उपाध्यक्ष उर्मिला बोहरा, उनका श्रीमान करबिरसिंह बोहरा अन्य २ यात्रुहरु सामान्य घाइते भएका हुन । यसैगरी शिक्षक ज्ञानेन्द्रसिंह कार्की र उनकै श्रीमतीलाई टाउकोमा चोट लागेको बताइएको छ ।
जिप ७जना यात्रु बोकेर शनिवार साझँ धनगढीबाट हिंडेको थियो । प्रहरीका अनुसार ब्रेक फेल भएर जिप सडक पेटिमा ठोकिएको थियो । जिप सडक पेटीमा रोकिएका कारण मानवीय क्षति हुनबाट जोगिएको छ ।