
बैतडी –बैतडीमा अल्टो र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । आइतबार बिहान साढे ११ बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ६ हिरापुरमा अल्टो र मोटरसाइकल एकआपसमा ठोकिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
बैतडीबाट धनगढीतर्फ गइरहेको सुपप्र ०३–०१०२३ च ६५३५ नम्बरको अल्टो र विपरीत दिशाबाट आइरहेको सुपप्र ०१–००१ प ९३४१ नम्बरको मोटरसाइकल एकअपासमा ठोक्किएका हुन् ।
दुर्घटनामा दुवै सवारी साधनमा समान्य क्षति भएको भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
अल्टोचालक दिपक भुल र मोटरसाइकल चालक परमले लुहारलाई नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहानमात्रै हिरापुरमा जिप दुर्घटना भएको थियो । धनगढीबाट दार्चुलाको मकरीगाड जाँदै गरेको म १ ज ३६० नम्बरको जिप दुर्घटना हुँदा चार जना समान्य घाइते भएका थिए ।