
बैतडी –आइतबार पानीसंगै परेको असिनाले बालीनाली सखाप पारेको छ । जिल्लाका विभिन्न स्थानमा आइतबार साँझ परेको असिनाले बालीनाली सखाप पारेको किसानहरुले बताएका छन् ।
खेतमा पाकेको धान, भटमास लगायतका बालीहरु असिनाले नष्ट गरेको हो ।
जिल्लाको डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चौंडी नगरपालिका लगायतका स्थानमा असिनाले बालीनालीमा क्षति पुर्याएको डिलाशैनी ७ का स्थानीय प्रदीप जोशीले बताए ।
पाकेको बाली असिनाले सखाप पारेपछि किसानहरु चिन्तित बनेका छन् । पाकेको बाली भित्र्याउन नपाउँदा निकै दुख लागेको डिलाशैनीका स्थानीय मदनसिंह धामीले बताए ।
यस्तै आइतबार साँझ परेको पानीले खरफागलाहरुमा काटेको खरमा समेत क्षति पुर्याएको छ । फागलाहरुमा काटेको खर भिजेर नष्ट भएको महिलाहरुले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८० २०:२४
प्रतिक्रिया दिनुहोस्