Sagun Khabar
बैतडीमा चट्याङ लागेर एक भैंसी र दुई बाख्रा मरे, चार घरमा क्षति 
Atrya hospital

बैतडी –बैतडीमा चट्याङ लागेर किसानहरुले पालेका एक भैंसी र २ बाख्रा मरेका छन् । सोमबार परेको चट्याङ लागेर पाटन नगरपालिका १० का शंकर बिष्टले पालेको भैंसी मरेको हो । 

चट्याङका कारण उनको घरमा जडान गरिएको विद्युतको मिटरबक्ससहित इलेक्ट्रोनिक सामग्रीमा क्षति पुगेको छ । 
यस्तै सोही ठाउँका गणेशदत्त अवस्थी र गोपाल बिष्टले पालेका एक÷एक बाख्रा पनि चट्याङ लागेर मरेका छन् । 

चट्याङका कारण पाटन १० का जयबहादुर बिष्ट, नन्दराज अवस्थी र धनबहादुर बिष्टको घरमा जडान गरिएको विद्युत मिटर बक्सका साथै अन्य उपकरणमा पनि क्षति पुगेको बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update