Sagun Khabar
बैतडीको मेलौलीमा ट्याक्टर दुर्घटना, तीन जना घाइते 
Atrya hospital

बैतडी –बैतडीको मेलौलीमा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मेलौली भगवती मन्दिर नजिक मंगलबार बिहान म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका हुन् । 

घाइते हुनेमा ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरी, कैलालीको घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदारका गगनसिंह कार्की रहेका छन् । 

मन्दिरको गेट निर्माणका लागि निर्माण सामग्री बोकेर गएको ट्याक्टर उकालोमा पल्टिएको हो । घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update