Sagun Khabar
६८ औँ प्रहरी दिवस, बैतडीमा १३ जना प्रहरी कर्मचारी पुरस्कृत 

बैतडी- बैतडीमा  प्रहरी दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरेर मंगलबार जिल्ला प्रहरी कार्यालय बैतडीले पनि ६८ औँ  प्रहरी दिवस मनाएको हो । विभिन्न कार्यक्रमगरि  प्रहरी दिवस मनाइएको जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रहरी प्रवक्ता एवं  प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

यस्तै प्रहरी दिवसको अवसरमा बैतडीमा १३ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रवक्ता खत्रीका अनुसार १ जना प्रहरी निरीक्षक, ३  जना प्रहरी सहायक निरीक्षक, १ जना  प्रहरी नायव निरीक्षक, वरिष्ट हबल्दार १  जना, प्रहरी हबल्दा २ जना , प्रहरी सहायक हबल्दार ३ जना र २ जना प्रहरी जवान गरि १३ जना प्रहरी कर्मचारी पुरस्कृत भएका हुन् । उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु पुरस्कृत भएका प्रहरी प्रवक्ता खत्रीले बताए ।

Atrya hospital

 प्रहरी कर्मचारीहरुलाई नगद सहित पुरस्कृत गरिएको बताइएको छ । जिल्ला प्रहरीक कार्यालय  बैतडीका  प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको प्रमुख आथित्यतामा प्रहरी दिवस कार्यक्रम सम्पन्न गरिएको  हो ।  

प्रहरी दिवस कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो । प्रहरी संगठनको स्थापना भएको दिनको समझनामा  देशभरि जस्तै ६८ औँ प्रहरी दिवस बैतडीमा पनि मनाइएको हो ।

प्रहरी संगठनको स्थापना विसं २०१२ साल असोज ३१ गते भएको थियो । प्रहरी ऐनमा तत्कालीन राजा महेन्द्रबाट लालमोहर लागेको दिनलाई प्रहरीले आफ्नो संस्थाको जन्मदिन मानेर २०५२ सालदेखि प्रहरी दिवस मनाउदै आएको  छ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update