Sagun Khabar
मेलौली ट्याक्टर दुर्घटना : घाइते दुई जना धनगढी रेफर  

बैतडी –बैतडीको मेलौलीमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा घाइते भएका तीनै जनालाई थप उपचारका लागि रेफर गरिएको छ । 

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा सामान्य उपचारपछि दुई जनालाई धनगढी रेफर गरिएको छ । दुर्घटनामा परी घाइते भएका बैतडीको दोगडाकेदार गाउँपालिका ५ का गगनसिंह कार्की र कैलालीको घोडाघोडीका भुवनसिंह थापालाई धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

Atrya hospital

ट्याक्टर चालक कैलालीका नारायण चौधरीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए । 

मेलौली भगवती मन्दिरको गेट निर्माणका लागि सामग्री बोकेर गइरहेको म १ त ७४० नम्बरको ट्याक्टर मंगलबार बिहान मन्दिर नजिकैको उकालोमा पल्टिएको थियो । ट्याक्टर दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update