Sagun Khabar
बैतडीको अनिरुद्र बालकल्याण विद्यालयलाई पूर्व विद्यार्थीले दिए कम्प्युटर र प्रिन्टर 

बैतडी –बैतडीको एक विद्यालयलाई सोही विद्यालयका पूर्व विद्यार्थीले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका छन् । 

जिल्लाको सुर्नया गाउँपालिका ६ स्थित अनिरुद्र बालकल्याण आधारभूत विद्यालयलाई सो विद्यालयका पूर्व विद्यार्थी दिपक अवस्थीले करीब एक लाख बराबरको कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुन् । 

Atrya hospital

नेपाल आइटी सोलुसन प्रालि वानेश्वर काठमाण्डौंका प्रबन्ध निर्देशक समेत रहेका अवस्थीले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको बताए । कक्षा ५ सम्म आफूले अध्ययन गरेको विद्यालय समेत भएकाले विद्यालयलाई सहयोग गरिएको उनले बताए । 

बुधबार विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशदत्त अवस्थी र प्रधानाध्यापक रामदत्त अवस्थीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको जनाइएको छ । 

विद्यालयलाई कम्प्युटर र प्रिन्टरप्राप्त भएपछि प्रशासनिक कार्य र अन्य कार्यका लागि समेत सहज भएको विद्यालयका प्रधानाध्यापक रामदत्त अवस्थीले बताए । 

२०५२ सालमा स्थापना भएको अनिरुद्र बालकल्याण आधारभूत विद्यालयमा कक्षा ५ सम्मको पढाई हुँदै आएको छ । कम्पयुटर प्राप्त भएपछि बालबालिकाहरुलाई समेत सिकाउन सहज भएको प्रधानाध्यापक अवस्थीले बताए । 

विद्यालयका पूर्व विद्यार्थी दिपक अवस्थीले विद्यालयलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका विद्यालयका तर्फबाट धन्यवाद ज्ञापन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशदत्त अवस्थीले बताए । उनले भने ‘विद्यालयमा कम्प्युटर र प्रिन्टरको अभाव भएका बेला हामीलाई कम्प्युटर र प्रिन्टर प्राप्त भएको छ । विद्यालयकातर्फबाट हामीले पूर्व विद्यार्थी समेत रहेका दिपकलाई धन्यवाद ज्ञापन गरेका छौं ।’
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update