Sagun Khabar
बैतडीमा जिप र कार एकआपसमा ठोक्किए 

बैतडी –बैतडीमा जिप र कार एकआपसमा ठोक्किएका छन् । महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार ३ तारल भन्ने स्थानमा जिप र कार एकआपसमा ठोकिएर दुवै सवारी साधनमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

खोचलेकबाट सतबाँझतर्फ आइरहेको म १ ज १४४ नम्बरको बोलेरो जिप र धनगढीबाट दार्चुलातर्फ गइरहेको बा १२ च २६१८ नम्बरको कार बुधबार साँझ ५ बजेतिर एकआपसमा ठोक्किएका हुन् । 

Atrya hospital

जिप र कार एक आपसमा ठोकिएर दुवै सवारी साधनमा सामान्य क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक खत्रीले बताए । जिपमा सवार ५ जना र कारमा सवार ४ जना गरी सबै ९ जना यात्रुहरु सकुशल रहेका उनले बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update