
बैतडी –काठमाडौँबाट धादिङतर्फ आउँदै गरेको कार नागढुंगामा दुर्घटना हुँदा बैतडीका तीनजना घाइते भएका छन् । सडकबाट कार खसेर दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।
घाइते हुनेमा बैतडी घर भएका भवानसिंह रावल, उनकी पत्नी वसन्तीकुमारी रावल र छोरा सिरिस रावल रहेका छन् । घाइतेहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
बा १५ च ९०६४ नम्बरको कार सडक किनाराबाट तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८० ०९:१६
प्रतिक्रिया दिनुहोस्