Sagun Khabar
बझाङ र डोटीमा जिप दुर्घटना, ११ जना घाइते 

बैतडी – बझाङ र डोटीमा छुट्टाछुट्टै जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बझाङको छविस पाथिभेरा गाउँपालिका–७ खोरीस्थित कच्ची सडक खण्डमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परेर ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

भाडे बजारबाट बुडखोरी तर्फ जादैं गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप आज बिहान बे्रक फेल भएर सडकमा पल्टिएको हो । 

Atrya hospital

यस्तै डोटीको झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप पानीखालमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । 

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update