
बैतडी–बैतडीको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा एकैदिन १३ लाख बत्ती प्रज्वलन गरिएको छ । शरदीय नवरात्र अन्तर्गत हिजो पञ्चमीका दिनका १३ लाख बत्ती प्रज्वलन गरिएको पण्डित लवदेव जोशी बताए ।
भक्तजनहरुले लाखबत्तीको भाकल गर्ने र उनीहरुले नै बत्ती प्रज्वलन गर्ने गरेको पण्डित जोशीले बताए । घटस्थापनका दिनदेखि दैनिक लाखबत्ती प्रज्वलन गर्ने भक्तहरुको संख्या उल्लेख्य रहेको पण्डित जोशीले बताए । घटस्थापनाका दिनदेखि अहिलेसम्म मन्दिरमा २० लाख बढी बत्ती भक्तजनहरुले प्रज्वलन गरिसकेका छन् ।
उदयदेव मन्दिरमा महाष्टमी र महानवमीका दिन बिशेष जात्रा लाग्ने गर्दछ । महानवमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको बताइएको छ । स्थानीय भाषामा मैतडको जात भनिने उदयदेव मन्दिरको दर्शनका लागि टाढाका भक्तजनहरु समेत मन्दिरमा आउने गरेको पण्डित जोशीले बताए ।