Sagun Khabar
बैतडीमा विषादी सेवनबाट एक जनाको मृत्यु 
Atrya hospital

बैतडी- बैतडीमा विषादी सेवनबाट एक जनाको मृत्यु भएको छ ।  जिल्लाको शिवनाथ गाउँपालिका  वडा नं  २ मडै गाउँका ५५ वर्षिय  गंगा सिंह मडैको  तरकारीमा प्रयोग हुने विषादी सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रवक्ता एवं  प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

उनका अनुसार  मडैले  शुक्रबार राति साढे ८ बजे विषादी सेवन गरेका थिए।  विषादी सेवनबाट बिरामी भएका  उनलाई वडाकै नागार्जुन  क्लिनिकमा लगिएको थियो ।

अवस्था सामान्य भएर  क्लिनिकबाट  घर  गएका मडैलाई   आज १२ बजे फेरी बिरामी  भएर थप उपचारका लागि डडेल्धुरा लैजाने  क्रममा शिवनाथको  बोगडा भन्ने  ठाउँमा मृत्यु भएको  प्रहरी प्रवक्ता खत्रीले बताए । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले  जनाएको  छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update