Sagun Khabar
चाडपर्वका बेला खानपानमा ध्यान दिन  चिकित्सकको सुझाव

बैतडी -चाडपर्वका बेला खानपानमा ध्यान दिन चिकित्सकहरुले आग्रह गरेका छन् । दशैं रमझम, भेटघाट र टीकाटालाकोमात्रै नभएर स्वादिष्ट खानाको पनि पर्व भएकाले  खानपानमा ध्यानदिन दिनुपर्ने जोड दिइएको  हो ।

 खानपानमा ध्यान नदिए बालबालिका, बुढापाका र स्वास्थ्य कमजोर भएकाहरूका लागि बढी जोखिमपूर्ण हुने भन्दै जिल्ला अस्पताल बैतडीका डाक्टर सुशिल  विकले चिल्लो, पिरो, माछा मासु लगायत खाने कुरा खाँँदा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

दशैंतिहार जस्ता चाडपर्वमा स्वस्थ रहन खानपिनमा निकै ध्यानदिन जरुरी रहेको उनले  बताए । उच्च रक्तचाप, मधुमेह, मुटु रोगी, उच्च कोलेस्ट्रोल,  पेटको दीर्घकालीन रोगीहरू, ग्याष्टिक, पेटको अल्सर, दीर्घकालीन मृगौला रोग भएका लगायतले चिल्लो पिरो माछा मासु लगायत अन्यखाने कुरा खाँदा ध्यान दिनु पर्ने स्वास्थ्य कर्मीहरुको सुझाव छ ।

दशैंमा मासुसँगै मदिरा पिउने चलनपनि रहेकाले धेरै मदिरा सेवनगर्नाले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने डाक्टरहरुको भनाई छ । मसालेदार खानेकुरा चिया,कफी बाँसी, सडेगलेका खानेकुरा, चिल्लो पिरो  बढी खानाले  विभिन्न प्रकारका  स्वास्थ्य  समस्या देखा पर्ने  भन्दै सबै जिल्लाबासीलाई यस तर्फ ध्यान दिन स्वास्थ्यकर्मीहरुले  आग्रह गरेका छन् ।  

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update