Sagun Khabar
बैतडीमा भिरबाट लडेर  एक जनाको मृत्यु

बैतडी-बैतडीमा भिरबाट लडेर  एक जनाको मृत्यु भएको छ । जिल्लाको  पाटन नगरपालिका ४ कुणीका ५० वर्षीय वीरसिंह विष्टको सोमबार भिबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक  योगेश खत्रीले जानकारी दिए।

दशरथचन्द नगरपालिका २ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिकैको लिसान्गड भिरबाट लडेका थिए।  भिरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारको लागि धनगढी लैजाँदै गर्दा सोमबार बेलुका बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update