Sagun Khabar
बैतडीमा अज्ञात व्यक्तिद्वारा गाउँपालिकाको ब्याक लोडर तोडफोड

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाको ब्याक लोडर  तोडफोड भएको छ । वडा नं ६ को  कार्यालय अगाडी राखिएको बा.प्र.०१–००४क १२१६ नम्बरको ब्याक लोडरमा गयराति अज्ञात व्यक्तिले तोडफोड गरेको  हो   ।

ब्याक लोडरको चारैतिरको सिसाहरु फुटाएको र   म्यूजीक सिस्टम समेत  गायव गरेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए ।

Atrya hospital

ढुंगा र फलामका हातहतियार प्रयोग गरेर  तोडफोड गर्न सकिने ब्याक लोडरका  सबै सामानहरु तोडफोड भएको बताइएको छ । तोडफोड कस्ले  र    किन गरेको हो  पत्ता लागेको छैन् ।   

गाउँपालिकाले यस्ता अपराधिक गतिविधिमा संग्लगन  व्यक्ति समूहको   यथासिघ्र खोजी गरि कानुनी कार्वाहिको दायरामा ल्याउन   प्रहरी प्रशासनलाई अनुरोध गरेको  छ ।  घटनाबारे   थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update