Sagun Khabar
बैतडीमा भिरबाट लडेर एक जना गम्भीर 
Atrya hospital

बैतडी- बैतडीमा भिरबाट लडेर एक   जना  पुरुष गम्भीर घाइते भएका छन् ।  जिल्लाको सिगास गाउँपालिका २ कोटिलाका ५० वर्षीय हिरा धामी बुधवार साँझ भिरबाट लडे गम्भीर घाइते भएका हुन् ।

परिवार स्रोतका अनुसार हिरा वडा नम्बर- २ कै खोल्टेबाट घर फर्किरहेका बेला  साँझ गाजरी–धौलाडी भित्री सडकबाट  लडेका थिए। लडेर घाइते भएका उनको  टाउको, घाँटी र घुँडामा चोट लागेको बताइएको  छ ।

भिरबाट लडेर गम्भीर भएका उनलाई उपचारको लागि धनगढी लगिएको पारिवारिक स्रोतले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update