Sagun Khabar
एक पैदलयात्रीको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

 एक पैदलयात्रीको मृत्यु भएको छ। डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–३ चम्कोट स्थित के.आई सिंह राजमार्गमा गएराति पैदलयात्रीको मृत्यु भएको हो।

हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाँउका अन्दाजी ५५ वर्षीय राजु देउबाको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको थियो।  फरार रहेको सवारी साधनको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको डडेल्धुरा प्रहरीले बताएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update