
बैतडी- बैतडीको एक विद्यालयलमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ। जिल्लाको पाटन- ३ मा रहेको सिगास माध्यमिक विद्यालय गौरी शंकर पोखरीमा पूर्व विद्यार्थी समाज गठन गरिएको हो ।
गुरूडामा रहेको सिगास माध्यमिक विद्यालयमा बुधवार पूर्व विद्यार्थी गोपालसिंह बिष्टको अध्यक्षतामा पूर्व विद्यार्थी समाज गठन गरिएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा धिरजबहादुर चन्द, ध्रुवराज अवस्थी र पुजा भट्ट सर्वसम्मत चयन भएका छन् ।
उपाध्यक्षमा गायत्री भट्ट, महासचिवमा मदनसिंह भाट, कोषाध्यक्षमा नरेन्द्रप्रसाद अवस्थी, सचिवमा राम महरा,सहकोषाध्यक्षमा बासुदेव पन्त पनि सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरूमा पार्वती भट्ट,भुवनसिंह केसी,रामसिंह भाट,दिलिप केसी, देवकी भट्ट, हेमन्त महरा र पारस भाट पनि सर्वसम्मत चयन भएको कार्य समितिका अध्यक्ष बिष्टले जानकारी दिए । कार्य समिति सर्वसम्मत चयन भएपनि दुई जना उपाध्यक्ष, दुई जना सचिव र दुई जना सहकोषाध्यक्ष भने पछि मनोनित गरिने बताइएको छ ।