Sagun Khabar
बैतडीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक किशोर पक्राउ 

बैतडी– बैतडीमा  १८ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । 

जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ की १८ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका १८ बर्षीय किशोर पक्राउ परेका हुन् । 

ती किशोरले किशोरीलाई असार  २७ र भदौ २३ गते राति घरमै बोलाएर जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

आइतबार पक्राउ परेका किशोरमाथि अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update