Sagun Khabar
अछाममा जिप दुर्घटना, ८ जना घाइते 

अछाम –अछाममा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सोमवार जिल्लाको मेल्लेख गाउँपालिका–७ मा सुदुरपश्चिम प्रदेश ०१–००१ ज १३५९ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटनामा परेको हो । मेल्लेखबाट साँफेतर्फ यात्रु बोकेर गइरहेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

जिप दुर्घटना हुँदा घाइते हुनेमा चालक मेल्लेख गाउँपालिका–७ का २५ वर्षीय महेश खड्का, मेल्लेख गाउँपालिका–६ का २१ वर्षीया सानु कुँवर, २६ वर्षीय उत्तम खड्का, १८ वर्षीय समिर रावत, ३५ वर्षीय राजेन्द्र रावत, ५० वर्षीय टेकबहादुर रावत रहेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

त्यस्तैै सोही गाउँपालिका–५ का १८ वर्षीय सतिष नेपाली र २३ वर्षीेय योगेन्द्र खड्का घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था मध्यम रहेको र ४ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

घाइतेहरुको न्याय हेल्थ अस्पताल अछाममा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update