Sagun Khabar
बैतडीको  गोठलापनीमा प्रहरीको लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

बैतडी- बैतडीको  गोठलापनीमा प्रहरीले  लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । लागू औषध बिरुद्वको महाअभियान कार्यक्रम अन्तर्गत आज दशरथचन्द नगरपालिका वडा नं ४ स्थित गोठलापानी बजारमा  लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

 गाडि चालक, सह चालक, बजार व्यवस्थापन, समाजसेवी तथा बुद्धिजिवीहरुको उपस्थितिमा लागु औषध बिरुद्धको महाअभियान कार्यक्रम अन्तर्गत लागू औषध विरुद्ध एक दिवसिय  कार्यक्रम गरिएको  जिल्ला प्रहरी कार्यालय  बैतडीले जनाएको छ।

 लागु औषधको  परिचय, सेवनकर्तामा देखिने लक्षण, समग्र रुपमा पार्ने वृहत असर र कानूनी प्रावधानको विषयमा जनचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको बताइएको  छ । कार्यक्रममा  जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी निरीक्षक एवं  प्रहरी प्रवक्ता योगेश खत्रीले लागु औषधले पार्ने  असर र कानुनी प्रावधानका बारेमा सबैलाई  अवगत गराएका थिए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update