Sagun Khabar
डडेल्धुरामा मोटरसाइकल दुर्घटना : दार्चुलाका धामीको मृत्यु 

डडेल्धुरा –डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा परेर दार्चुलाका एकजनाको मृत्यु भएको छ । 

मंगलबार दिउँसो भीमदत्त राजमार्ग अन्तरगत आलिताल गाउँपालिका–१ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको यूके०६बीसी २११२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका अन्दाजी ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक(सई) समेत रहेका धामीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । 

अनियिन्त्रत भएको मोटरसाइकल विपरित दिशातर्फबाट आउँदै गरेको सुुपप्र०१००१च २९५५ नम्बरको कारमासमेत ठोक्किएको थियो । उक्त कार बैतडीको सुर्नया गाउँपालिका २ का ३५ बर्षीय कृष्ण बिष्टले चलाईरहेका थिए । 

दुर्घटनामा गम्भीर घाइते भएका धामीको टाउकोमा चोट लागेकोमा उनलाई उपचारका लागि धगगढीस्थित माया मेट्रो अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । 

कार चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update