
बैतडी–बैतडीमा एक युवक बुधबार मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका २ सुन्दरखालीका अन्दाजी २३ बर्षीय चक्रराम लावड झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
दशरथचन्द नगरपालिका २ सुन्दरखाली घर भएका उनी दशरथचन्द नगरपालिका २ कै थलालगाउँका स्थानीय दानसिंह थलालको गोठमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
बालुवा राखेको गोठमा गएर उनले ढोका लगाएर पासो लगाएको अवस्थामा फेला परेका हुन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
सुन्दरखालीबाट उनी थलालगाउँ किन गए भन्ने कुरा खुलेको छैन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत फेला परेका लावड यसअघि पनि गाउँगाउँमा डुलिरहने गर्दथे ।
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८० १२:३१
प्रतिक्रिया दिनुहोस्