Sagun Khabar
बैतडीमा मानव अधिकारको अवस्थाका बिषयमा छलफल 

बैतडी –बैतडीमा मानव अधिकारको अवस्थाका बिषयमा छलफल गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयले बुधबार बैतडीमा सरोकारवालाहरुसंग छलफल गरेको हो । 

सरकारको ५ औं मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्थाका बिषयमा सरोकारवालाहरुबीच छलफल गरिएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरि ज्ञवालीले बताए । 

Atrya hospital

कार्ययोजनामा गरिबि अन्त्य गर्ने, शिक्षा, रोजगार लगायतका क्षेत्रमा सबैको पहुँच पुर्याउने लगायतका १७ बुँदा समेटिएका उनले बताए । ती बुँदाहरु नागरिकको मौलिक हकसंग जोडिएका भएकाले तिनको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिन र कार्यान्वयनका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन छलफलको आयोजना गरिएको ज्ञवालीले बताए । 

छलफलमा सहभागीहरुले बैतडीमा अझै पनि मानव अधिकारको अवस्था दयनीय भएको बताएका छन् । नागरिकका विभिन्न मानव अधिकार उल्लघंनका घटनाहरु बाहिर आइरहेका सहभागीहरुको भनाइ रहेको छ । 

मानव अधिकारको रक्षाका लागि तिनै तहका सरकारी संयन्त्रबीच समन्वयात्मक हिसाबले काम हुनुपर्नेमा छलफलका सहभागीहरुले जोड दिएका छन् । 

छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सुरक्षा निकायका प्रमुख लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update