Sagun Khabar
ब्राउन सुगरसहित बैतडीका एक युवक पक्राउ
Atrya hospital

बैतडी- बैतडीका एक युवा लागुपदार्थ ब्राउनसुगरसहित धनगढीमा पक्राउ परेका छन्  । पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिका–९ का २४ वर्षीय सन्दिप चन्द रहेका छन् ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट १ ग्राम ८ सय ६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित  चन्द पक्राउ परेका हुन् ।

उनी लागु पदार्थ सहित बुधबार राति पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कुलदिप चन्दले जानकारी दिए । पक्राउ परेका माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको  छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update