Sagun Khabar
लागूऔषध खैरो हिरोइनसहित बैतडीका एक युवक धनगढीमा पक्राउ 
Atrya hospital

बैतडी –लागूऔषध खैरो हिरोइनसहित बैतडीका एक युवक धनगढीमा पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिका ४ का २१ बर्षीय भरत महरालाई बिहीबार साँझ प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो । 

प्रहरीचौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा महरासंग २४० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । 

उनलाई धनगढी उपमहानगरपालिका ३ त्रिनगर ब्यारेल नजिकैबाट पक्राउ गरेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update