Sagun Khabar
भूकम्पका कारण बैतडीको दोगडाकेदारमा एक घर भत्कियो, ३ जना समान्य घाइते 

बैतडी–गएराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण बैतडीमा एक घर भत्किँदा ३ जना समान्य घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका १ रीम घोरडीका कर्णबहादुर कार्कीको घर भत्किँदा कार्कीसहित उनकी श्रीमति ४५ बर्षीया नारु कार्की र ९ बर्षीया छोरी भावना कार्की समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

घरको पर्खाल भत्किँदा उनको गोठमा बाँधेका एक गाई, एक भैंसी र बाख्रा घाइते भएका कार्कीका भाइ नरेश कार्कीले जानकारी दिए । 

Atrya hospital

भूकम्पका कारण कार्कीको चारकोठे २ तले कच्ची घरको पर्खाल भत्किएको हो । रातिको समयमा पर्खाल भत्किएपछि उनीहरु च्यापिएकोमा स्थानीयबासिन्दाको सहयोगमा उद्धार गरिएको नरेश कार्कीले बताए । 

घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात नष्ट भएको छ । कार्कीको परिवारलाई अहिले अर्को घरमा सारिएको छ ।

घटनाका बिषयमा थप अनुसन्धानका लागि गोकुलेश्वर प्रहरीचौकीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खत्रीले बताए ।  
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update