Sagun Khabar
मोटरसाइकल दुर्घटनामा परी डडेल्धुराका एक युवकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –कैलालीको गोदावरीमा मोटरसाईकल दुर्घटना हुँदा डडेल्धुराका एक युवकको मृत्यु भएको छ । डडेल्धुराको परशुराम नगरपालिका ११ बस्ने २१ वर्षीय खडक बिष्टको मृत्यु भएको हो । 

गएराति पौने ९ बजेतिर साँझ सु प प्र०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी बिष्ट गम्भीर घाइते भएका थिए । 

बिष्टको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा राति साढे दुई बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । 
घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update