Sagun Khabar
भूकम्प प्रभावित क्षेत्रमा सुदूरपश्चिम सरकारले स्वास्थ्यकर्मीको टोली पठायो, एक करोड राहत कोषमा जमा 
Atrya hospital

बैतडी –कर्णाली प्रदेशका भूकम्प पीडितहरुलाई सहयोग गर्नका लागि सुदूरपश्चिम सरकारले २० जना स्वास्थ्यकर्मीको टोली पठाएको छ । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार भूकम्प प्रभावित क्षेत्रमा औषधीसहित स्वास्थ्यकर्मीको टोली पठाएको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले जानकारी दिए । 

यस्तै मन्त्रिपरिषद्को निर्णय अनुसार भूकम्प प्रभावितहरुको सहयोगका लागि सरकारी राहत कोषमा प्रदेश सरकारकातर्फबाट १ करोड रकम समेत जमा गरिएको मन्त्री भट्टले जानकारी दिए । 

विपद्को समयमा प्रदेश सरकार कर्णाली प्रदेशसरकारसंगै रहेको प्रतिबद्धता व्यक्त गर्दै थप सहयोग समेत उपलब्ध गराइने मन्त्री भट्टले बताए । भूकम्प प्रभावितहरुको राहत र उद्धारका लागि अन्य संघसंस्था तथा निकायहरुलाई समेत सहयोग गर्न उनले आग्रह समेत गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update