
बैतडी–खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक महिलाको ज्यान गएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका १ खुम्ताकी २२ बर्षीया सुनकला बोहराको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
आइतबार बिहान खर काट्नका लागि घरभन्दा चार किलोमिटर टाढा रहेको जहिलेक जंगलमा गएकी बोहरा भिरबाट लडेर २ सय मिटर तल खसेकी थिइन् । उनलाई उपचारका लागि उनका श्रीमान कमलेश बोहराले गोकुलेश्वर अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक खत्रीले बताए ।
अल्पायुमै सुनकला अस्ताएपछि उनको परिवार शोकमा डुबेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० १५:५२
प्रतिक्रिया दिनुहोस्