Sagun Khabar
भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम – भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते भएकी छिन् । 

जिल्लाको ढकारी गाउँपालिका–३ अनारीगाउँकी १५ बर्षीया दिलकुमारी बुढालाई आइतबार भालुले आक्रमण गरेर घाइते बनाएको हो । 

घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा बालिकालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । बुढालाई थप उपचारका लागि धनगढी पठाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update