Sagun Khabar
डडेल्धुरा सदरमुकाममा चल्यो डोजर 

डडेल्धुरा –डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रको सडक विस्तारका लागि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन सुरु गरिएको छ । अमरगढी नगरपालिकाले सडक क्षेत्रमा पर्ने संरचना हटाउन आजदेखि डोजर चलाएको हो ।

घरधनीले मुआब्जा पाएको महिनौं पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन अटेरी गरेपछि अमरगढी नगरपालिकाले आजदेखि डोजर चलाएको नगरपालिकाको वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर क्षेत्रीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

सदरमुकामको बागबजारदेखि रानीधारासम्मका घर तथा जग्गाको सम्पूर्ण मुआब्जा वितरण भइसकेको छ । सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ ।

तर मुआब्जाको सम्पूर्ण रकम पाएका घरधनीले पनि संरचना भत्काउन अटेरी गरेपछि सडक निर्माणको प्रक्रिया अगाडि बढाउन ढिलाई भइरहेको छ । घरधनीहरुले संरचना भत्काउन अटेरी गरेपछि नगरपालिकाले डोजर चलाएको हो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update