सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
बैतडी–बैतडीसहित सुदूरपश्चिममा आज पनि भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो ४ बजेर ३१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा ५दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए । यो शुक्रबार राति गएको भूकम्पकै पराकम्प भएको तामाङले बताए । कर्णाली प्रदेश र सुदूरपश्चिमका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ ।
शुक्रबारको भूकम्पपछि सैयौं पराकम्प गइसकेका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० १६:५६
प्रतिक्रिया दिनुहोस्




