Sagun Khabar
अछाममा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु 
Atrya hospital

अछाम –अछाममा अरिङ्गालको टोकाइबाट एक महिलाकोे मृत्यु भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका–४ पायलकी ३५ वर्षीया सरस्वती देउकरको मंगलबार मृत्यु भएको हो । 

मंगलबार दिउँसो आफ्नो घर नजिकै रहेको कोदोबारीमा कोदोको नल काट्ने क्रममा शरिर भरी एक्कासी अरिङ्गालले टोकेपछि उनी घाइते भएकी थिइन् । 

घाइते सरस्वतीको बयलपाटा अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update