Sagun Khabar
डडेल्धुरा र अछाममा १८ जना जुवाडे पक्राउ 

डडेल्धुरा –जुवातास खेलिरहेको अवस्थामा प्रहरीले डडेल्धुराबाट ९ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको अमरगढी नगरपालिका–२ भेलका चन्द्र भण्डारीको पुरानो कुखुरा फार्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका २४ वर्षीय बिरेन्द्र खडायतसमेत ९ जनालाई मंगलबार राति पक्राउ गरिएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले उनीहरूलाई नगद १३ हजार रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो । 

यस्तै अछामको पञ्चदेवल बिनायक नगरपालिका–३ कागतोलाका बलबहादुर शाहीको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने ३५ वर्षीय बिनोद शाहीसहित ९ जनालाई मंगलबार राति पक्राउ गरिएको छ । 

उनीहरुलाई पनि बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिनायक अछामबाट खटिएको प्रहरी टोलीले नगद ३६ हजार १ सय र तास ४ गड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update