Sagun Khabar
बैतडीमा भिरबाट लडेर एक किशोर घाइते 
फाइल फोटो

बैतडी–बैतडीमा भिरबाट लडेर एक किशोर घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका २ घमाली बस्ने २० बर्षीय राकेश कार्की लडेर घाइते भएका हुन् । 

बुधबार दिउँसो धर्मघरबाट घर जाने क्रममा घमाली भिरबाट लडेर कार्की घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

भिरबाट लडेर २५ मिटर जति तल खसेका कार्कीको भित्री शरीरमा चोट लागेको छ भने खुट्टा र कानमा समेत चोट रहेको छ । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरी निरीक्षक खत्रीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update