Sagun Khabar
बैतडीमा ९ लाख बराबरको भन्सार छलीको  सामान बरामद 

बैतडी- बैतडीमा  भन्सार छलीका सामान बरामद गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले   जिल्लाको दशरथचन्द नगरपालिका ४ छेलाबाट ८ लाख ९७ हजार ७५० मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।

बिहीवार करिब ९ लाख मुल्य बराबरका  रेडिमेड कपडा, साडी सूटबेल्ट, ज्याकेट, थान कपडा बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसिले जानकरी दिए ।

भन्सार छलीको सामान वेवारिसे अवस्थामा फेला परेको उनले बताए ।  बरामद गरिएको  सामान महाकाली  भन्सार कार्यालय झुलाघाटमा बुझाइएको पनि  प्रहरी निरीक्षक केसिले   बताए ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update