Sagun Khabar
अछाममा १८ बर्षीय एक किशोरको ढुंगाले हानेर हत्या, युवती काठमाण्डौंमा पक्राउ  

अछाम –अछामका एक १८ बर्षीय किशोरको हत्या भएको बिषय सार्वजनिक भएको छ । जिल्लाको विनायक नगरपालिका वडा नम्बर ८ का १८ वर्षीय दिपेन्द्रबहादुर शाहीको हत्या भएको हो । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त हत्याको आरोपमा छिमेकीसमेत रहेकी ३० वर्षीया लक्ष्मी सुनार काठमाण्डौबाट पक्राउ परेकी छन् । गत शुक्रवार सुनारसहित सात जनाको समूहले शाहीमाथि आक्रमण गरेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

फेसबुक मार्फत भएको झगडाका कारण शाहीको टाउकोमा १५ वर्षीय एक किशोरले ढुङ्गाले हानेका थिए । किशोरको ढुङ्गा लागेर बेहोस भएका शाहीको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

सुनारसहित घटनामा संलग्न रहेका सातै जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए । 

सुनारलाई समेत काठमाडौँबाट प्रहरीले बिहीवार अछाम ल्याउँदैछ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update