नेपाल किसान महासंघ बैतडीको अध्यक्षमा भट्ट मनोनित
बैतडी –नेपाल किसान महासंघ बैतडीको अध्यक्षमा भानदेव भट्ट मनोनित भएका छन् । नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघको अध्यक्षमा भट्ट मनोनित भएका हुन् ।
दोगडाकेदार गाउँपालिका ३ घर भएका भट्ट लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध रहेका छन् ।
भट्टलाई किसान महासंघको वडा, पालिका र संघीय निर्वाचनको क्षेत्रको अधिवेशन गराउने जिम्मेवारी तोकिएको छ । यस्तै महासंघको संगठन विस्तार र जिल्ला अधिवेशन पनि तोकिएको समयमा सम्पन्न गर्ने जिम्मेवारी भट्टलाई दिइएको छ ।
नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सनाद्वारा हस्ताक्षरित पत्रमा भट्टलाई किसान महासंघको अध्यक्षमा मनोनित गर्दै जिल्लामा संगठन विस्तारको अभिभारा सुम्पिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० १९:४०
प्रतिक्रिया दिनुहोस्




