Sagun Khabar
जाजरकोट भूकम्प प्रभावितका लागि बैतडीमा  संकलित राहत रकम हस्तान्तरण

बैतडी- जाजरकोटका भूकम्प प्रभावितहरुका लागि बैतडीमा पनि राहत रकम संकलन गरिएको  छ । विभिन्न गैरसरकारी संस्थाहरुको पहलमा राहत रकम संकलन गरिएको  हो  ।

स्थानीय प्रशासनको अनुमति लिएर दलित समाज विकास मञ्च, मानव अधिकार एलायन्स, महिला मानव अधिकार रक्षक सञ्जाल, दलित महिला संघ(फेडो), नगर युवा सञ्जाल र महिला शक्ति केन्द्रले संयुक्त रुपमा  झण्डै ७७ हजार राहत रकम  रकम संकलन गरेकोे मानव अधिकार एलायन्सकी केन्द्रीय सदस्य सरस्वती नेपालीले बताइन् ।

उनका अनुसार  जिल्ला सदरमुकामको गढी, गोठलापानी, शाहिलेक लगायतका क्षेत्रबाट भूकम्प प्रभावितका लागि ७६ हजार ९२५ रुपैँया संकलन गरिएको हो । संकलन गरिएको रकम  जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी  शंकर बहादुर बोहरालाई हस्तान्त्रण गरिएको मानव अधिकार एलायन्सकी केन्द्रीय सदस्य नेपालीले  बताइन् ।

 भूकम्प प्रभावितहरुलाई सहयोग पुर्याउने उद्देश्यले गरिएको संकलित  रकम प्रधानमन्त्री दैविक प्रकोप कोषमा जम्मा हुने बताइएको छ । संघसंस्थाहरुको राहत रकम संकलन  गरेर  बुझाएका र   सो रकम भूकम्प प्रभावितहरुका लागि पठाइने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी  बोहराले बताए ।

कात्तिक १७ गते राति  जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा १५३ जनाको मृत्यु भएको थियो भने १७० जना घाइते भएका छन् । भूकम्पबाट सैयौं घर तथा संरचनाहरु क्षति पुग्दा धेरै नागरिक घरबारविहिन भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update