Sagun Khabar
बैतडीमा आठ बर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा १३ बर्षीय बालक पक्राउ 

बैतडी –बैतडीमा ८ बर्षीया बालिबामाथि बलात्कार गरेको आरोपमा १३ बर्षीय बालक पक्राउ परेका छन् । 

शिवनाथ गाउँपालिकाका १३ बर्षीय बालकले शुक्रबार दिउँसो बलात्कार गरेको जाहेरी परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

घर नजिकैको जंगलमा बाख्रा चराउन गएका बेला बालकले बालिकामाथि बलात्कार गरेको बताइएको छ । आरोपितलाई पक्राउ गरिसकिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खत्रीले बताए । 

पीडित बालिकालाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २१:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update