बैतडी–भिरबाट लडेर गम्भीर घाइते भएका बैतडीका राकेश कार्कीको उपचारमा आर्थिक अभाव भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका २ घमाली घर भएका २५ बर्षीय कार्की कार्तिक २२ गते घर नजिकैको भिरबाट लडेर घाइते भएका थिए ।
घाइते कार्कीको टाउकोमा चोट रहेको र अहिले उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको उनका आफन्त धनबहादुर कार्कीले बताए । उनलाई आइसियुमा राखेर उपचार भइरहेको उनले बताए ।
घाइते भएकै दिन जिल्ला अस्पताल बैतडी पुर्याइएका कार्कीको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी लगिएको थियो । घाइते कार्कीको उपचारमा आर्थिक अभाव रहेको बताइएको छ ।
पहिला नै बुवा गुमाइसकेका कार्कीको घरमा आर्थिक अवस्था नाजुक भएकाले उपचारमा सहयोग गरिदिन अपिल गरिएको आफन्त धनबहादुर कार्कीले बताए ।
कार्कीको उपचारमा सहयोग गर्नुहुने महानुभावहरुले ग्लोबल आइएमइ बैंकमा शान्ति कार्कीको नाममा रहेको खाता नम्बर F107010101929 मा रकम जमा गरिदिन अनुरोध गरिएको छ ।




