Sagun Khabar
बैतडीको पञ्ज्यूनयाँमा अटो दुर्घटना, चालकसहित दुई जना समान्य घाइते 

बैतडी–बैतडीमा अटो दुर्घटना हुँदा चालकसहित दुई जना समान्य घाइते भएका छन् । दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सु.प.प्र.०२००१ ह २००३ नम्बरको अटो सोमबार बिहान साढे ९ बजेतिर दुर्घटनामा परेको हो । 

तीव्र गतिमा गइरहेको अटो विद्युतको पोलमा ठोक्किँदा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

अटो दुर्घटना हुँदा अटो चालक डिलाशैनी गाउँपालिका ६ का करनराम लुहार र अटोमा सवार दोगडाकेदार गाउँपालिका १ रीमकी निर्मला साउँद घाइते भएका छन् । 

लुहारको दाहिने हात र खुट्टामा चोट लागेको छ भने साउँदको दाहिने पाखुरामा चोट लागेको छ । दुवैको दार्चुलाको गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए । उनीहरुको अवस्था समान्य रहेको छ । 

दुर्घटनाका कारण अटोको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update